बालुवाटारले बोलायो आकस्मिक बैठक

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टी नेकपाको स्थायी समितिको बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतद्वारा संसद भङ्ग गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई खारेज गरेर संसद पुनःस्थापना गरेपछिको अवस्थाका बारेमा छलफल गर्न स्थायी समितिको बैठक बोलाइएको हो ।

नेकपाको बैठक बिहान ११ बजेपछि बालुवाटारमा बस्नेछ । बैठकका लागि सबै स्थायी समिति सदस्यहरूलाई खबर गरिएको बालुवाटार स्रोतले जनाएको छ ।

ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर वैशाखमा निर्वाचनको घोषणा गरेका थिए ।
ओलीको निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएको थियो ।

Published : Wednesday, 2021 February 24, 8:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया