कम्युनिस्ट सर्वसत्तावाद पराजित भयोः कांग्रेस नेता तिमिल्सिना

काठमाडौं । नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य एवम् युवा नेता जन्मजय तिमिल्सिनाले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीको अहँकार भत्किएको बताएका छन् ।

तिमिल्सिनाले भनेका छन्, ‘केपी ओली नेतृत्वको नेकपाको सरकारले प्रतिनिधिसभा विघटन गरेको थियो । असंबैधानिक, अलोकतान्त्रिक एवम् सर्वसत्तावादी कदमलाई सर्वाेच्च अदालतले बदर गरेर नेपाली जनताको अधिकार र जनताको संबिधानसभाले निर्माण गरेको संघीय, लोकतान्त्रिक, गणतान्त्रिक संविधानको रक्षा गरेको छ ।’

उनले सर्वाेच्च अदालतको ऐतिहासिक फैसलालाई हृदयदेखि स्वागत गरेको जनाएका छन् ।

Published : Tuesday, 2021 February 23, 11:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया