सर्वोच्चले ओलीको घमण्ड तोडिदियोः उत्तम चापागाइँ

काठमाडौं । नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले सर्वोच्च अदालतले प्रधानमन्त्री खड्प्रसाद ओलीको घमण्ड तोडिदिए बताएका छन् ।

सर्वोच्च अदालतको संसद पुनःस्थापना गर्ने निर्णयको स्वागत गर्दै मंगलबार चापागाइँले लहडमा ओलीद्वारा संसद भङ्ग गरेर जनताको अपमान गरेको बताए ।

कांग्रेसका युवा नेता समेत रहेका चापागाइँले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका छन् ।

‘अदालतले गरेको निर्णयको सबैले सम्मान गर्नुपर्छ’, उनले भने, ‘केपी ओलीको लहड र घमण्ड तोडिएको छ ।’

Published : Tuesday, 2021 February 23, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया