सर्वोच्चको फैसलाप्रति यस्तो छ गोकुल बास्कोटाको प्रतिक्रिया

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले सर्वोच्च अदालतको निर्णयमा दीपावली र रुवाबासी गर्न आवश्यक नरहेको बताएका छन् ।

नेता बास्कोटाले मंगलबार ट्वीट गर्दै सर्वोच्चको निर्णयमा दीपावली गर्नेहरूको आलोचना गरेका हुन् ।

‘राजनीतिले संसदमा असर गरेको हो, संविधानले होइन’, उनले भनेका छन्, ‘त्यो गोलचक्कर त उसैगरि चलिरहन्छ नि !’

‘राजनीति आ–आफ्नै तालसुरमा चलिरहन्छ । के को दीपावली के को रुवाबासी ?’, पूर्वमन्त्री बास्कोटाले भनेका छन्, ‘बाँकी हेर्दै जाने हो ।’

संसद भङ्ग गर्ने ओलीको निर्णयको जोडदार रुपमा बचाउ गर्दै आएका पूर्वमन्त्री बास्कोटाले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाप्रति घुमाउरो भाषामा असन्तुष्टि जनाएका छन् ।

पूर्वमन्त्री बास्कोटाले सर्वोच्च अदालतको निर्णयलाई आफूहरूले स्वीकार गर्ने बताएका छन् ।

Published : Tuesday, 2021 February 23, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया