गोकुल बास्कोटको समूहमाथि आक्रमण

बनेपा । काभ्रे जिल्लामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वमन्त्री एवम् गोकुल बास्कोटासहितका नेताहरू बसेको घरमा आक्रमण भएको छ ।

चौरीदेउराली– ५ मा आइतबार राति पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहका कार्यकर्ताले आक्रमण गरेको बास्कोटाले बताएका छन् ।

पार्टीको संगठन विस्तार गर्न पुगेका बेला नेताहरू बासबसेको घरमा आक्रमण गर्नुका साथै नेकपा नेताहरू चढेर गएको गाडीमा तोडफाड भएको बास्कोटाले फेसबुकमार्फत जनाएका छन् ।

ओली नेतृत्वको नेकपाको वडा समिति गठन गर्ने कार्यक्रमको लागि चौरीदेउराली– ५ मा बास्कोटासहितका नेताहरू पुगेका थिए ।

नेकपाका नेताहरू स्थानीयको घरमा बासबसेको अवस्थामा २०–२५ वटा मोटरसाईकलमा आएका प्रचण्ड–माधव समूहका कार्यकर्ताले घरमा ढुंगा हानेको तथा नेताहरू गएको गाडी तोडफाड गरेको जनाइएको छ ।

‘हाम्रो संगठन विस्तारमा चौरीदेउराली पुगेको नेताहरूको गाडी भर्खरै मार्चण्ड समूहले तोडफोड गरेको छ’, नेता बास्कोटाले भनेका छन्, ‘केही बाइकहरूले छापामारशैलीमा बास बसेको घरमा आक्रमण गर्ने जङ्गली हर्कत गरिरहेको छ ।’

‘जनमत कटेपछि गरिने यस्तो हर्कत सफल हुने छैन’, पूर्वमन्त्री बास्कोटाले भने, ‘आक्रमणमा सामेलहरू कानूनी दायराबाट भाग्न सक्ने छैनन् । आततायीप्रति जति खेद ब्यक्त गरे पनि अपुग हुन्छ । नाङ्लो नठटाउन भन्छु, हामी सामना गर्छाै । भाग्दैनौं ।’

ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेका अध्यक्ष अशोक ब्याञ्जु आक्रमणलाई कायरहरूको संज्ञा दिएका छन् । ‘कायरहरू घोषणा गरेर लड । लुकेर कायरता न देखाउ ।’

‘मानिसको बुद्धि र विवेक अन्त भएपछि मुख छाड्छन् र शक्तिहीन भएपछि हातपात गर्छन् ।’
‘कायरहरू घोषणा गरेर भिड्ने तागत छैन । लुकेर आक्रमण गरेर कायरकर्म नगर’, बेञ्जुले भने, ‘हाम्रो कार्यकर्तामाथिको हमला र भौतिकवस्तुको नास गरेकोमा खेद प्रकट गर्दछु ।’

अध्यक्ष बेञ्जुले भनेका छन्, ‘चुनौती छ अर्को कुनै घटना हाम्रो प्रिय न बनोस् र आन्तक र गुन्डागर्दी कायर कदमको बलमा अझै आतताइ प्रवृत्तिको भर्त्सना गर्दैछु ।’

‘मेरा प्रिय कमरेडहरूलाई धैर्य बनाइ राख्न र शक्ति निर्माण गर्न अपील गर्दछु स्थानीय प्रशसनलाई आतंकवादीलाई कानूनी कर्वाही गर्न अनुरोध गर्दछु ।’

नेकपा विभाजन भएको छ । नेकपा कानूनी रुपमा भने फुटेको छैन । यस्तो अवस्थामा ओली र प्रचण्ड–माधव समूहबीच आरोप प्रत्यारोप गर्दै आएका छन् । उनीहरू भौतिक आक्रमणमा नै उत्रिन थालेका छन् ।

नेता बास्कोटा सूचना, सञ्चार तथा प्रविधिमन्त्री भएका बेला ७० करोड कमिशन काण्डमा परेपछि मन्त्री पद गुमाउनु परेको थियो ।

Published : Monday, 2021 February 22, 8:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया