कांग्रेस नेता खाणद्वारा नेपाल–भारतको वेलहिया नाका खोल्न माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बालकृष्ण खाणले लामो समयदेखि सीमा नाका बन्द हुँदा उद्योग व्यवसाय प्रायः ठप्प रहेको भन्दै नेपाल–भारत सीमा खोल्न माग गरेका छन् ।

नेता खाँणले आइतबार विज्ञप्ति जारी गरेर कोरोनाका कारण सीमा नाका बन्द हुँदा उद्योग व्यवासयहरू प्रभावित भएको भन्दै सीमा नाका व्यवस्थापन गरेर खोल्नुपर्ने बताएका हुन् ।

‘उद्योग व्यवसायलाई जोगाउन र टिकाउन व्यवसायीहरुलाई ज्यादै हम्मे हम्मे परेको छ’, उनले भने, ‘रुपन्देही जिल्लाको सिद्धार्थनगरका उद्योगी तथा पर्यटन व्यवसायीहरूले वेलहियास्थित नेपाल–भारत सीमा नाकालाई व्यवस्थित र सुरक्षित रुपमा सञ्चालनका लागि गरिरहनुभएको पहल सकारात्मक छ ।’

‘सीमा नाका सञ्चालनका विषयमा सरकार गम्भीर बनोस्’, नेता खाणले भने, ‘यथाशीघ्र सीमा नाका सुरक्षित र व्यवस्थित तवरले सञ्चालन गर्न सरकारसंग जोडदार माग गर्दै सिद्धार्थनगरका उद्योगी, व्यवसायी, श्रमिक मजदुरहरूले सिमानाका सञ्चालन गर्न गरिएको दवाव कार्यक्रमको समर्थन गर्दछु ।’

‘कोरोनाभाइरसको महामारीले नेपाली जनताको जीवनस्तरमा गम्भीर प्रभाव पारेको वर्तमान अवस्थामा लामो समय देखिको वन्दावन्दीले नेपालमा उद्योग, कलकारखाना, पर्यटन व्यवसाय, यातायात व्यवसाय र दैनिक ज्यालादारी गरी गुजारा चलाई आइरहेको मजदुर ज्यादै मर्कामा परेका छन्’, नेता खाणले भनेका छन् ।

Published : Sunday, 2021 February 21, 8:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया