तुलसीपुर– १६ मा तरुण दल र महिला संघ गठन

तुलसीपुर । कम्युनिस्टहरू फुटेर एकअर्काप्रति गालीगलौज गरिरहेका बेला दाङको तुलसीपुर उप–महानगरपालिका वडा नं. १६ मा नेपाल तरुण दलको कार्यसमिति गठन भएको छ ।

शनिबार तुलसीपुर उप–महानगरपालिका वडा नं. १६ मा आयोजित अधिवेशनले प्रकाश वलीको नेतृत्व (अध्यक्ष)मा तरुण दल गठन भएको कांग्रेसका युवा नेता गणेश बेल्वासेले जानकारी दिएका छन् । १८ सदस्यीय कार्यसमितिमा सचिवद्वयको जिम्मेवारी केशव भण्डारी र सागर आचार्यलाई दिइएको छ ।

उपाध्यक्षद्वयमा पूर्णबहादुर खड्का र टोपेन्द्र बस्नेत चयन भएका छन् । कोषाध्यक्षमा राज केसीलाई चयन गरिएको छ ।

सदस्यहरूमा दीपक खड्का, अर्जुन डाँगी, प्रेमनाथ योगी, पुष्प बस्नेत, देवबहादुर डाँगी, विनोद चौधरी, हीरालाल केसी, अर्जुनराज गुरुङ, भीम केसी, सन्तोष खड्का, सुशीला चौधरी र खेमराज खड्का चयन भएका छन् ।

त्यसैगरी तुलसीपुर उप–महानगरपालिका १६ मा नेपाल महिला संघको वडा कार्यसमिति पनि गठन गरिएको छ ।

संघको अध्यक्षको जिम्मेवारी अमृता बस्नेतले पाएकी छिन् । उपाध्यक्षमा जीवा विष्ट र पार्वता बस्नेत रहेका छन् । सचिवमा सरिता चौधरी र कोकिला डाँगी चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी बालिका खड्काले पाएकी छिन् ।

सदस्यहरूमा सीता बस्नेत, विपना बुढाथोकी वली, होमा बस्नेत, सीता चौधरी, बसन्ती चौधरी, सूर्यकुमारी वली, कल्पना खड्का चयन भएका छन् ।

सदस्यहरूमा बालिका डाँगी, तिलका विक, शोभा आचार्य, बाटुली पुन, बालिका बस्नेत, कुन्ता भट्टराई, धना वली र कमला डाँगी चयन भएका छन् ।

तरुण दल र महिला संघ गठन कार्यक्रममा दाङ कांग्रेसका पूर्वसभापति गेहेन्द्र गिरी, पूर्वसांसद राजु खनाल, क्षेत्र नं. २ का सभापति भुपबहादुर डाँगी, नेताहरू भरत न्यौपाने, लबेन्द्र धिताल, नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्ती, नेपाल महिला संघकी क्षेत्रीय सभापति जानुका केसीलगायतको उपस्थित रहेको थियो ।

Published : Sunday, 2021 February 21, 7:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया