कांग्रेसका युवा नेता मोक्तानद्वारा शैक्षिक सामग्री वितरण

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् महाधिवेशन प्रतिनिधि धिरेनबिक्रम मोक्तानले अनाथ बालबालिकाहरूलाई शैक्षिक र खेलकुद सामग्रीहरू उपलब्ध गराएका छन् ।

काठमाडौंको जोरपाटीमा रहेको ‘हाम्रो सुनौलो संसार बाल आश्रम’का बालबालिकालाई मोक्तानले शैक्षिकहरू सामग्रीहरू हस्तान्तरण गरेका हुन् । शनिबार बिहान आश्रममा पुगेर मोक्तानले आश्रमकी अध्यक्ष मेनुका कोइरालालाई हस्तान्तरण गरेका छन् ।

कापी, कलमका साथै खेलकुद सामग्रीहरू हस्तान्तरण गरेको मोक्तानले बताएका छन् ।

‘मैले केही शैक्षिक सामग्री र खेलकुदका सामग्रीहरू हस्तान्तरण गरेको छु’, उनले भने, ‘मैले दिएको सामग्री थोरै र सानो आकारको हुन सक्छ । म जस्ता युवाहरूले फजुल खर्च काटेर अनाथ बालबालिकाका लागि सहयोग गर्ने हो भने धेरै ठूलो काम हुन सक्छ ।’

पछिल्लो समय काठमाडौं क्षेत्र नं. ५ को कांग्रेसको राजनीतिमा सक्रिय हुन थालेका मोक्तानले सानो सहयोगले पनि ठूलो काम हुन सक्ने बताए ।

Published : Saturday, 2021 February 20, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया