तरुण अध्यक्ष हत्या गर्ने अपराधी नछाड्न उपाध्यक्ष चापागाइँको चेतावनी

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलका हत्यालाई हत्यारालाई माफी नदिन चेतावनी दिएका छन् ।

ओलीको कामचलाउ कम्युनिस्ट सरकारले संविधान र कानूनी शासनको खिल्ली उडाउँदै पौडेलको हत्यामा सजाय भोगिरहेका तीन जनालाई माफी दिएर छाड्ने निर्णय गरेपछि चापागाइँले विरोध जनाएका हुन् ।

अपराधीहरूलाई माफी दिने निर्णय गरेको भन्दै चापागाइाले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध गरेका छन् ।

पौडेलको हत्या अभियोगमा सजाय भोगीरहेका फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीलाई ओली सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले माफी दिएर छाड्न लागिएको छ ।

२०६८ साल पुस महिनामा जिल्ला कारागार भरतपुर (चितवन) भित्र नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष पौडेलको हत्या भएको थियो ।

शिव पौडेलको हत्यामा संलग्न गम्भीर अपराध गर्ने अपराधीहरू फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीलाई प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपाको ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाह गरी आम माफी दिइएकोप्रति उनले विरोध जनाएका छन् ।

Published : Saturday, 2021 February 20, 11:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया