देउवाकै अगाडि लामाले नुवाकोटका सभापति केसीको सातो लिए

विदुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् विघटित प्रतिनिधि सभाका सांसद बहादुर सिंह लामाले नुवाकोट जिल्लामा कांग्रेसभित्र गुटको प्रभाव देखिएको भन्दै चिन्ता जनाएका छन् ।

नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा आयोजित सभालाई सम्बोधन गर्दै नेता लामाले सह–महामन्त्री डा.प्रकाशशरण महतलाई नबोलाएर ठूलो गल्ती गरेको बताए । उनले नुवाकोट कांग्रेसभित्र अहिले पनि मिलाप छैन भन्ने कुरा देखिएको बताए ।

‘नुवाकोट जिल्लामा हामी सबैले सबैलाई सम्मान हुनुपर्छ भन्ने मान्यताका आधारमा मैले पनि सबैलाई सम्झिएको छु’, नेता लामाले भने, ‘नुवाकोट अब नेपाली कांग्रेस एक भएको घोषणा गर्ने दिन आज हो भन्ने लागेको थियो । नुवाकोटमा जन्मिनुभएका सह–महामन्त्री हुनुहुन्छ डा.प्रकारशरण महत आउनु भएको छैन ।’

डा.महतलाई कार्यक्रममा नुवाकोट कांग्रेसको नेतृत्वले राजनीतिक पूर्वाग्रह भएर नबोलाएको उनको संकेत थियो ।

‘हामी एकतावद्ध भयौँ भने कम्युनिस्ट पार्टीले छुन सक्दैन भन्ने कुरा घोषणा गर्न चाहन्छु’, उनले भने, ‘हामी सबैले संयम हुनुपर्छ । चुनाव लडौँला वा नलडौँला छुट्टै कुरा हो । डा.महतल आज उपस्थित हुनुपर्ने, उपस्थित नहुँदा खल्लो लागेको छ ।’

‘डा.प्रकाशरण महतलाई उपस्थित गराउन पाएको भए उत्तम हुने थियो’, नेता लामाले भने, ‘डा.महत आउँदैमा सबै कुरा बिग्रिने कुरा होइन । उहाँको उपस्थितिले कांग्रेसमा राम्रो छाप पर्ने थियो । ’

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीले सह–महामन्त्री डा.महतलाई बोलाएनन् ।

डा.महतलाई नबोलाएपछि सभापति केसीको आलोचना भएको छ । जिल्ला सभापति जस्तो व्यक्तिले भेदभाव गरेर कार्यक्रम गरेपछि नुवाकोट कांग्रेसमा समस्या देखिएको छ ।

कार्यक्रमका पार्टी सभापति शेरबहादुर देउवाको पनि उपस्थिति रहेको थियो । देउवाकै अगाडि नुवाकोट कांग्रेसका सभापति केसीको हर्कतको नेता लामाले भण्डाफोर गरिदिएका छन् ।

नुवाकोट कांग्रेसका सभापति केसी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् । सह–महामन्त्री डा.महत सभापति देउवा निकट मानिन्छन् ।

Published : Friday, 2021 February 19, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया