तरुण दलद्वारा पाटन अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । नेपाल तरुण दलले प्रजातन्त्र दिवसको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लगनखेल, ललितपुरलाई स्वाथस्य सामग्री हस्तान्तरण गरेको छ ।

शुक्रबार तरुण दलका अध्यक्ष जितजंग बस्नेतले पाटन अस्पताल का रजिस्ट्रार प्रो.डा. पारस आचार्यलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

तरुण दलले २५०० थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड हस्तान्तरण गरेको विज्ञप्तिमा मार्फत जनाएको छ ।

कोभिड–१९ कोरोनाभाइरसको जोखिमको अवस्थामा पनि अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मी साथीले काम गरिरहेको भन्दै तरुण दलले स्वास्थ्य सरक्षाका लागि स्वाथ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

‘जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहनुभएका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गर्दै ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छौँ’, उनले भने ।

स्वास्थ्य सामग्री हन्तान्तरणमा कोषाध्यक्ष विद्वान गुरुङको पनि सहभागिता रहेको थियो ।

तरुण दलले कोरोना महामारीको बेला स्वास्थ्यकर्मीका साथै सर्वसाधारणहरूलाई विभिन्न खालको सहयोग गर्दै आएको छ ।

Published : Friday, 2021 February 19, 11:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया