भागरथीकी आमालाई ‘छिमेकी’ कांग्रेसद्वारा ३० हजार प्रदान

बैतडी । नेपाली कांग्रेस बाजुराले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई ३० हजार आर्थिक सहयोग गरेको छ ।

बैतडीको छिमेकी जिल्ला बाजुराबाट संकलित रकम कांग्रेस पदाधिकारहरूले मृतक भागरथी भट्टकी आमा द्रोपतीलाई घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।

कांग्रेस बाजुरका सभापति कविराज पण्डित, सचिव रनसिंहबहादुर ऐडी, महाधिवेशन प्रतिनिधि जनकबिक्रम सिंह, नेपाल महिला संघ बाजुराकी सभापति अमृता सिंह लगायतको टोलीले भागरथीको घरमै गएर ३० हजार प्रदान गरेको छ ।

माघ २१ गते विद्यालयबाट घर फर्किने क्रमा बेपत्ता भएकी भागरथी माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा दोगडाकेदार गाउँपालिकाको लबलेक सामुदायिक वनमा फेला परेकी थिइन् ।

हत्या भएको दुई हप्तापछि प्रहरीले मंगलबार भागरथीकै भाइ नाता पर्ने प्रहरीकै शब्दमा अन्दाजी १८ वर्षीय किशोर दिनेश भट्टलाई पक्राउ गरि बुधबार सार्वजनिक गरेको छ ।

Published : Friday, 2021 February 19, 9:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया