कम्युनिस्टले देश बिगारे, अब कांग्रेसले सम्हाल्छः बलबहादुर केसी

केदार बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बलबहादुर केसीले देश अन्योलग्रस्त अवस्थामा प्रवेश गरेको बताएका छन् ।

सोलु–काठमाडौं सम्पर्क समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा केसीले नेकपाका कारण देश समस्यामा पर्दै गएको बताए ।

कम्युनिस्टले जनताको आँखामा छारो हाल्ने काम गरेको भन्दै उनले कांग्रेसले देशलाई सम्हाल्ने बताए ।

‘केपी ओलीले निर्वाचन गराउन सक्लान या संसद पुनःस्थापनामध्य के होला भन्ने भ्रमलाई अदालतले छिट्टै टुंगो लगाउनुपर्छ’, केसीले भनेका छन् ।

कांग्रेस नेता केसीले आफू जनताको हितको लागि सबै त्याग्न तयार रहेको बताएका छन् ।

‘म कुनै स्वार्थमा छैन । जनता र देशको भलाइका लागि लडेको व्यक्ति हुँ । जनताका लागि अझै लड्नेछु’, उनले भनेका छन् ।

नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोदकुमार बस्नेत, नेताहरू खिलराज बस्नेत, भोजराज कार्की, प्रकाशसिंह कार्की, आङछिरिङ शेर्पा, किसान संघ सोलुखुम्बुका अध्यक्ष हुतराज बस्नेत, नेताहरू बेदप्रसाद बन, सरोज बस्नेत, चोलेन्द्र कार्की, नवीन कार्की चन्द्र खालिङ, राम मगर, लीलाराम बस्नेत, रामचन्द्र बस्नेत, लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले कांग्रेसको संगठन मजबुद बनाउन लागि आफूहरू सक्रिय रहेको बताए ।

Published : Friday, 2021 February 19, 9:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया