महामन्त्री डा.कोइरालाद्वारा कांग्रेसका लोकप्रिय नेता शेर्पा सम्मानित

गोदावरी । नेपाली कांग्रेस तरुण बिभागका केन्द्रीय सदस्य एवम् पूर्व अन्तर्राष्ट्रिय खेलाडी पासाङ नुर्बु शेर्पा सम्मानित भएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ललितपुर क्षेत्र नम्बर १ चापागाउँमा सञ्चालन भएको प्रथम वीपी स्मृति फुटसल कप प्रतियोगितामा शेर्पालाई नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले कदर पत्रसहित शेर्पालाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका वडा नम्बर ५ मा जन्मिएका शेर्पा खेलकुद लगायत समाजिक क्षेत्रमा निकै सक्रिय छन् । कांग्रेसका युवा नेता समेत रहेका शेर्पाले समाजमा गरेको योगदानको कदरस्वरुप सम्मान गरिएको नेपाली कांग्रेस खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।

शेर्पा सिन्धुपाल्चोमाक लोकप्रिय छन् । शेर्पाकै लोकप्रियता कारण उनको गाउँपालिका भोटेकोसीमा कम्युनिस्ट र राप्रपाका नेता कार्यकर्ता करिब १ हजारभन्दा बढी कांग्रेसमा प्रवेश गरिसकेका छन् ।
शेर्पाले विभिन्न जिल्लामा खेलकुद र सामाजिक कार्य गर्दै आइरहेका छन् ।

शेर्पाले लकडाउनको समयमा पनि आफ्नो जिल्लामा मात्र नभई धेरै जिल्लामा गएर दिनदुःखी गरिब पतिवारलाई राहत बितरण गरेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले शेर्पाको योदानको उच्च मूल्यांकन गर्दै आएका छन् । शेर्पाले कांग्रेसमा देखाएको क्रियाशीलताबाट नेता बस्नेतले रुचाउँछन् ।

कार्यक्रममा नेपाली कांग्रेस ललितपुर सभापति मदनबहादुर अमात्य, पूर्वअर्थ राज्यमन्त्री उदय शम्शेर राणा, खेलकुद विभाग सचिव एवम युवा नेता महर्जन, गोदावारी नगरपालिकाका मेयर गेजेन्द्र महर्जन, उप–मेयर मुना अधिकारी लगायतको उपस्तिथि रहेको थियो ।

Published : Thursday, 2021 February 18, 11:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया