बुद्धशान्तिमा ‘रबर ग्राम’ घोषणा, कांग्रेस नेतृद्वय कोइराला–प्रसाइँद्वारा सहयोगको प्रतिवद्धता

काँकरभिट्टा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वउप–प्रधानमन्त्री सुजता कोइरालाले झापामा व्यावसायिक रबर खेतीलाई प्रवर्द्धन गर्ने बताएकी छिन् ।

झापाको बुद्धशान्तिमा बिहीबार एग्रो टुरिजम रबर ग्राम घोषणा कार्यक्रमको उद्घाटन गर्दै नेतृ कोइरालाले रबर खेतीको प्रवर्द्धन गरेर युवालाई रोजगार सृजना गर्ने बताइन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनकी अध्यक्षसमेत रहेकी कोइरालाले कृषिमा अत्मनिर्भर बन्न अब रबर खेतीले महत्वपूर्ण सहयोग पु¥याउने बताएकी छिन् ।

राजनीतिक अस्थिरताका कारण देशमा कृषि क्षेत्रको प्रवर्द्धन हुन नसकी रहेका बेला जीपी फाउण्डेशनले रबर खेतीमार्फत स्थानीय नागरिकको आयश्रोत उकास्न सहयोग गर्ने उनले बताएकी छिन् ।

गिरिजाप्रसाद कोइरालाको रबर खेतीमा देखिएको रुचिलाई पूर्णता दिन व्यवसायिक रबर खेती सुरु गरिएको उनले बताएकी छिन् ।

‘गिरिजाबाबुले पूर्वी तराईमा रबर खेतीको सभ्भावना देखेर नै रबर विकास बोर्ड गठन गर्नु भएको थियो’, उनले भनेकी छिन्, ‘फाउण्डेशने रबर खेती प्रबर्द्धनमा सहयोग गर्ने योजना बनाएको हो ।’
कांग्रेस नेतृ कोइरालाले बुद्धशान्तिलाई रबर ग्राम घोषणा भएपछि यस क्षेत्रका नागरिकको आर्थिकस्तर बढाउन जीपी फाउण्डेशनले काम गर्ने बताएकी छिन् ।

झापापछि मोरङ, सुनसरी, इलामको तल्लो क्षेत्रमा व्यवसायिक रबर खेती गर्न अनुकूल मौसम रहेको उनले बताएकी छिन् ।

नेतृ कोइरालाले राजनीतिक वृत्तमा मात्र नभई जुनसुकै क्षेत्रमा सहमति, सहकार्य र एकता आवश्यक रहेकोे बताएकी छिन् ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वराज्यमन्त्री सरिता प्रसाइँले पनि झापामा रबर, सुपारी, कुचोको व्यवसाय कसरी अगाडि बढाउन सकिन्छ भनेर आफू कृषि राज्य मन्त्री भएको बेला कर्मचारीसँग सरसल्लाह गरेर कार्यक्रम ल्याएको बताएकी छिन् ।

‘बुद्धशान्तिलाई सुरपारी र रबर जोन बनाए । प्रधानमन्त्री कृषि आधुनिकीकरण नामक संस्था अत्यन्तै राम्रो हो । तर, दुरुपयोग भएको छ’, प्रसाइाले भनेकी छिन्, ‘रबर र सुपारी जोन भनेर राखेको हुँ ।’

‘दिदीबहिनी संस्थाले पनि सहयोग गरेको छ । एग्रो टुरिजममा सहयोग चाहेका छौँ’, उनले भनेकी छिन् ।

बुद्धशान्तिमा हात्तीले आतंक मच्चाएर हैरान बनाएको बताएकी छिन् । उनले कांग्रेसको सरकार बनेपछि हात्ती आतंक नियन्त्रण गर्ने आश्वासन दिएकी छिन् ।

‘कांग्रेस किसानसँग जोडिनुपर्छ । अहिलेको सरकारले काम गरेको छैन । संसद भङ्ग गरेर राजनीतिक अस्थिरता मच्चाएको छ’, उनले आरोप लगाएकी छिन् ।

‘अहिले चुनावमा जाने अवस्था छैन । कोरोनाले समस्या छ । नेकपाको आन्तरिक द्वन्द्वले देशलाई समस्यामा लगेको छ’, नेतृ प्रसाइँले भनेकी छिन्, ‘नेकपाको बुद्धि आओस् । नेकपालाई संसद भङ्ग गरेर नौटंकी गर्न सत्तामा पठाएका होइनन् ।’

Published : Thursday, 2021 February 18, 11:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया