कांग्रेस नेताहरूद्वारा नेचासल्यानमा डाक्टरको माग, मन्त्री सकारात्मक
केदार बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बलबहादुर केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसँग स्वास्थ्य चौकीमा दरबन्दीको चिकित्सक पठाउन माग गरेका छन् ।
नेता केसीले मंगलबार मन्त्री त्रिपाठीसँग भेटेर सोलुखुम्बुको नेचासल्यान– २ मा रहेको प्राथमिक स्वास्थ्य चौकीमा दरबन्दी भएको डाक्टर पठाउन आग्रह गरेका हुन् ।
स्वास्थ्य चौकी डाक्टर विहीन भएको वडाध्यक्ष तथा प्राथमिक स्वास्थ्य चौकीका अध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिएका छन् ।
मन्त्री त्रिपाठीले दरबन्दीको चिकित्सक पठाउनका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन दिएका छन् ।
स्वास्थ्य चौकीका लागि जग्गा उपलब्ध भइसके पनि १५ शैय्याको भवन निर्माणका लागि पहल गर्न पनि कांग्रेस नेताहरूले मन्त्री त्रिपाठीसँग आग्रह गरेको अध्यक्ष बास्तोलाले बताए ।
स्वास्थ्यमन्त्री त्रिपाठीसँग भेट्न पूर्वमन्त्री केसीका साथै सोलुखुम्बु कांग्रेसका सभापति विनोदकुमार बस्नेत, महासमिति सदस्य भोजराज कार्की, जिल्ला सचिव भलाकाजी कुलुङ, वडाध्यक्ष भेषकुमार बास्तोला, सोलुखुम्बु कांग्रेसका नेता बेदप्रसाद वन लगायत गएका थिए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया