अनि देउवाले लात हाने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा नेता पशुपति शम्शेर राणा, जनता समाजवादी पार्टीको पूर्वराजपा समूहका नेता महन्थ ठाकुरहरूलाई अलिक परसम्मको यात्रा सँगै गराउने के होला ? रोडम्याप अनुमान गरौँ त । कसले गर्दा होला ?

यस निम्ति पहल जसपा केन्द्रीय कार्याकारिणी समितिका अध्यक्ष बाबुराम भट्टराईसँग भेट्न गएको एउटा भारतीय टोलीले यही आसय देखाउनु र उनले शेरबहादुरसँग कुरा गर्दा उही लवजमा पेस हुनुले पनि भित्री चलखेलको अनुमान राजनीतिक वृत्तमा व्यापक बनेको छ ।

बाबुरामले भने, ‘तपाई प्रधानमन्त्री बन्नै खोजेको हो भने प्रचण्ड–माधवको पक्षबाट बन्नुस् न । किन केपीतिर घिस्रिनुभएको ?’ तर, शेरबहादुरले केपीतिरै मोह भए जस्तो हाउभाउ देखाए । उनी वैशाखमा चुनाव हुँदैन भन्नेमा ढुक्क मात्रै छैनन् ।

त्यसपछिको प्रधानमन्त्री आफै हो भन्नेमा पनि त्यत्तिकै विश्वस्त छन् । र, आफ्नै नेतृत्वमा मंसिरमा चुनाव गराउने मनसाय बुझिन्छ । जे जसरी पनि सत्तामा नगई नछाड्ने उनको मनस्थिति बुझेपछि भावी रणनीति तय गर्न क्षेत्रपाटीस्थित प्रकाशमान सिंहको निवासमा रातिराति इतर खेमाको इमर्जेन्सी बैठक बस्न थालेको छ ।

कृष्ण सिटौला, रामचन्द्र पौडेल, रामशरण महत, अर्जुन नरसिंह केसी लगायत आठ–नौ जनाको यो भेलामा सहभागिता रहन्छ ।

अर्कातिर जसपाभित्र बाबुराम, उपेन्द्र यादव, अशोक राईहरू पूर्व वाम समूह प्रचण्ड–माधव पक्षीय आन्दोलनको मोर्चाबन्दीमा जान तयार भएको अवस्था छ ।

यदि त्यस्तो भयो र त्यो मोर्चाबन्दीमा पूर्वराजपा समूह सरिक भएन भने मधेसवादी दल एकातिर उपेन्द्रसहित बाबुरामहरू अर्कातिर हुने सम्भावना छ । र, प्रकारान्तमा त्यही मोर्चाबन्दी प्रचण्ड–माधव समूह नेतृत्वको नेकपासँग एकतामा रुपान्तरित हुने सम्भावना छ पनि भनिदैछ । (जनआस्था साप्ताहिकबाट साभार)

Published : Wednesday, 2021 February 17, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया