‘रअ’का नयाँ हाकिम काठमाडौंमा ओर्लिए

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपा उपाध्यक्ष वामदेव गौतमसँग आइतबार उिँसो झण्डै दुई घण्टा एकान्त वार्ता गरेकै भोलिपल्ट गौतमले जम्बो एकता समिति घोषणा गरेका छन् ।

नेकपा विभाजनसँगै एकता अभियानमा लागेका गौतमले दुवै पक्षसँग समदूरी राख्ने बताउँदै आए पनि उनी पटक पटक बालुवाटार पुगेको देखिन्छ ।

यसैबीच, भारतीय गुप्तचर संस्था ‘रअ’बाट काठमाडौंको निम्ति स्टेशन म्यानेजर फेरिएका छन् ।

यसअघिका अभिजित हल्दरको स्थानमा राघवप्रसाद भट्नागर माघ २० गते दिउँसो टोलीसहित काठमाडौं आइपुगेका हुन् । यसअघि उनी कोलम्बोस्थित दूतावासमा डेपुटी काउन्सिलर र अस्तिसम्म भुटानमा कार्यरत थिए ।

‘रअ’को प्रमुख परिवर्तनसँगै काठमाडौंस्थित सुरक्षा टोली पनि फेरिएको छ । उक्त टोलीको नेतृत्वमा डीआईजीले गर्छन् ।

इन्टेलिजेन्स ब्युरोकी मैथिली झा अघिल्लो महिना फर्केपछि निमित्तको रुपमा दक्षिण भारतका आइपीएस अफिसर स्टालिनले काम चलाउँदै आएका थिए । (जनआस्था साप्ताहिकबाट साभार)

Published : Wednesday, 2021 February 17, 6:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया