काठमाडौंका कम्युनिस्ट मेयरले १८ सय कर्मचारीको बढुवा गरे

काठमाडौं । कोरोना महामारीले जनता समस्यामा परेका बेला काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले करीव १८ सय कर्मचारीहरूको एकतह स्वतः बढुवा गरेका छन् ।

कोरोना महामारीका बेला महानगरपालिकाभित्रका जनतालाई सेवा दिन नसकेको भनेर आलोचना खेप्दै आएका मेयर शाक्यले स्थायी कर्मचारीहरूको एकतह बढुवा गरेका हुन् ।

कर्मचारी समायोजन ऐन २०७७ जारी गरेर महानगरपालिकाले श्रेणीविहीन र सबै श्रेणीका कर्मचारीको समायोजनको निर्णय गरेको छ ।

मंगलबार बसेको महानगरको नगर सभा बैठकले ऐन पारित गरेको थियो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले सबै कर्मचारीको एक तहको स्तर बढुवा भएको जानकारी दिएका छन् ।

महानगरपालिकामा भर्ना भएर लामो समयदेखि काम गरिरहेका कर्मचारीको श्रेणीभन्दा संघबाट आउने भर्खरै भर्ना भएर आउने कर्मचारी माथिल्लो तहमा आएपछि महानगरमा कर्मचारी समायोजनको माग उठेको थियो ।

संघबाट पाँच वर्ष सेवा अवधि पूरा गरेका शाखा अधिकृत महानगरमा आठौं, ५ वर्ष सेवा अवधि नपुगेका उपसचिव नवौं र ५ वर्षभन्दा बढी सेवा अवधि पार गरेका उप–सचिव दशौं तहमा कार्यरत छन् ।

Published : Wednesday, 2021 February 17, 2:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया