कांग्रेस नेता खतिवडाद्वारा मान्द्रे पुलको निरीक्षण, कैची बोकेर हिँड्ने कम्युनिस्टलाई तनाब

मोलुङ । नेपाली कांग्रेस युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाको मान्द्रे पुलको निरीक्षण गरेका छन् ।

मंगलबार बिहान खतिवडाले मोलुङ गाउँपालिका– १ र सुनकोशी गाउँपालिका– १० जोड्ने मान्द्रे पुलको निरीक्षण गरेका हुन् ।

लामो समयदेखि बन्न नसकेको पुल खतिवडाकै पहलमा पुल निर्माण धमाधम भएको हो ।

केही समय पहिला कांग्रेस नेता खतिवडाले पुल निर्माण कम्पनी र सडक डिभिजन कार्यलयका प्रतिनिधिलाई लगेर काम छिटो सम्पन्न गर्न आग्रह गरेका थिए ।

खतिवडाको अनुरोधपछि ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालयका प्रतिनिधिले धमाधम काम शुरु गरेको देख्दा आफूलाई खुसी लागेको बताएका छन् ।

‘मलाई थाहा छ पुल बनिसकेपछि कम्युनिस्टसाथीहरूनै पुल मैले बनाएभन्दै उद्घाटन गर्न आइपुग्छन्’, खतिवडाले भनेका छन्, ‘विकास कांग्रेसले गर्छ । कम्युनिस्टहरू हातमा रिबन र कैची बोकेर उद्घाटन गर्न आइपुग्छन् । कम्युनिस्टहरूले विकास गर्न रुचि राख्दैनन् । पिङ उद्घाटन गर्दै हिँड्छन् ।’

पुल निरीक्षण गर्न कांग्रेस नेता खतिवडासँगै चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज केसी, सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारी, नेविसंघका पूर्वउपाध्यक्ष नवीन राई, नेविसंघका सदस्य भीम गौतम, नेविसंघका नेता उत्तम फुयाल, मनोज बुढाथोकी लगायतका नेता गएका थिए ।

Published : Tuesday, 2021 February 16, 1:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया