तरुण उपाध्यक्षद्वारा संसद ब्युताउन माग, ओलीपथ रोक्न चेतावनी

भक्तपुर । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले कांग्रेसको केन्द्रीय कार्यसमितिले केपी ओलीको कदम असंवैधानिक भनेको भन्दै विघटन भएको सदन ब्युतिनुपर्छ भनेर पास गरेको बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुरले सोमबार भक्तपुरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै चापागाइँले भने, ‘यहाँ कसले बाटोमा, चौबाटोमा के–के भाषण लगाउँछन् त्यसप्रति कांग्रेस र लोकतन्त्रवादीका लागि कुनै सरोकार नभएको कुरामा तपाईहरू दुबिधामा नरहनु आग्रह गर्छु ।’

जनताले नेकपालाई दुईतिहाइ बहुमत दिँदै गर्दा नेपाली जनताले कम्युनिस्ट सांसदले अपहरण गर्दै हिँड्छ भनेर कहिल्यै नसोँचेको उनले बताए ।

नेकपाका निवर्तमान सांसद महेश बस्नेत तत्कालीन समाजवादी पार्टीका सांसद अपहरणमा गरेको भन्दै विरोध भएको थियो । चपागाइँले बस्नेतलेका नाम नलिएर अपहरण काण्डमा लाग्ने प्रवृत्ति त्याग्न सचेत गराएका छन् ।

‘जनताको मतको अपमान गर्दै सांसद भएको व्यक्ति मान्छे अपहरण गर्दै जान्छ । खुलेआम चोक र चौतारामा धम्काउँदै भाषण गर्छ’, चेतावनी शैलीमा चापागाइँले भने, ‘केपी ओली प्रवृत्तिका पथलाई तुरुन्त बन्द गर्न आग्रह गर्दछु ।’

बयल गाढा चढेर आमेरिका जान खोज्नेलाई दुईतिहाइको मत दिँदा लोकतान्त्रिक व्यवस्था दुर्घटनामा परेको उपाध्यक्ष चापागाइँले बताएका छन् ।

उनले सरकारलाई भ्रष्ट र बलात्कारी भन्दै जनतालाई सजग बनाउनुपर्ने बताएका छन् ।

जुनसुकै निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने बताएका युवा नेता चापागाइँले कम्युनिस्टहरूसँग कुनै पनि प्रकारको सहकार्य नहुने बताएका छन् ।

Published : Monday, 2021 February 15, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया