नेविसंघका पूर्व उपाध्यक्ष शाहीलाई हृदयघात

काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष भपुेन्द्रजंग शाहीलाई हृदयघात भएको छ ।

नेपाली कांग्रेस कालीकोटका नेता समेत रहेका शाहीलाई हृदयघात भएपछि काठमाडौंको महाराजगञ्जस्थित मनमोहन अस्पतालमा उपचारका लागि भर्ना गरिएको नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

नेता शाहीको स्वास्थ्यका विषयमा अस्पतालले औपचारिक रुपमा केही भनेको छैन ।


नेविसंघका पूर्वमहामन्त्री आचार्यले शाहीको उपचार भइरहेको बताएका छन् ।

Published : Monday, 2021 February 15, 6:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया