भक्तपुरमा तरुण दलद्वारा मोटरसाइकल र्‍याली प्रदर्शन

भक्तपुर । नेपाल तरुण दल भक्तपुरले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध मोटरसाइकल र्‍याली निकालेको छ ।

नेपाली कांग्रेस भक्तपुरका सचिव निशान ढुंगेल, भक्तपुर तरुण अध्यक्ष राजु थापालगायतका नेताहरूले आइतबार भक्तपुरमा मोटरसाइकल ¥याली प्रदर्शन गरेका छन् । र्‍यालीका क्रममा कम्युनिस्ट सरकारविरुद्ध तरुणहरूले नारावाजी गरेका थिए ।

तरुण दल भक्तपुरले सोमबार ओलीको कम्युनिस्ट सरकारविरुद्ध नेपाली कांग्रेसले गर्न लागेको विरोध प्रदर्शनको प्रचार–प्रसार स्वरुप मोटरसाइकल र्‍याली निकालिएको अध्यक्ष थापाले जानकारी दिए । कांग्रेसले फागुन ३ गते सोमबार दिउँसो साढे १२ बजे दुधपाटीबाट विरोध र्‍याली शुरु हुनेछ । विरोध र्‍याली टौमढीमा पुगेर सभामा परिणत हुनेछ ।

विरोध सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँ, भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापासहितका नेताहरूले सम्बोधन गर्ने भक्तपुर तरुण दलका अध्यक्ष थापाले जानकारी दिए ।

Published : Sunday, 2021 February 14, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया