सभापति देउवाको एक निर्देशनले सोलुखुम्बु कांग्रेसको विवाद मिल्यो

केदार बस्नेत

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुको लामो समयदेखि रहेको विवादको टुंगो लागेको छ ।

काठमाडौंको बुढानिलकण्ठमा आइतबार सभापति शेरबहादुर देउवा र सोलुखुम्बु कांग्रेसका सभापति विनोदकुमार बस्नेतबीच भएको छलफलपछि विवाद समाधान भएको हो ।

विवाद समाधानका लागि देउवाले सोलुखुम्वु कांग्रेसका नेताहरूलाई बोलाएका थिए । समायोजन समितिले सोलुखुम्बुको समायोजन गरि सकेको छ ।

तैपनि सोलुखुम्बु जिल्लाको क्रियाशील सदस्यता फारम केन्द्रीय कार्यसमितिले रोकेर राखेको थियो ।

विवाद समाधान भएपछि देउवाको निर्देशनमा जिल्ला सभापति बस्नेतलाई केन्द्रीय कार्यलय सानेपाले क्रियाशील सदस्यताको फारम दिएको छ ।

Published : Sunday, 2021 February 14, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया