बर्दियामा कांग्रेसले वामदेवका कार्यकर्ता खोस्यो, कम्युनिस्टहरू डरले थुरुरु

ठाकुरबाबा । बर्दियामा नेपाली कांग्रेसका नेताहरूले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

शनिबार ठाकुरबाबा नगरपालिका– ८ को वडा सम्मेलनका क्रममा नेकपाका स्थानीय कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा.गोपाल दहित, संगठन विभागका केन्द्रीय सदस्य एवम् युवा नेता जन्मजय तिमिल्सिनालगायतका नेताहरूले नवप्रवेशीहरूलाई स्वागत गरेका छन् ।

वडा सम्मेलनमा कांग्रेसका नेताहरूले जनताले कम्युनिस्टहरूलाई विश्वास गरेर दुईतिहाइ बहुमत दिँदा पनि जनताको दुःख यथावत रहेको बताए । अब कांग्रेसलाई जिताउनुपर्ने उनीहरूले बताएका छन् ।

बर्दिया जिल्लामा कांग्रेसप्रति आकर्षण बढेर गएको छ । नेकपा छाडेर धमाधम कांग्रेसमा प्रेश गर्नेहरू बढेका छन् ।

बर्दिया जिल्लाको विभिन्न गाउँ र वडाहरूमा पुगेर कांग्रेसका नेताहरूले संगठन विस्तारको कामलाई तीब्रता दिएका छन् ।

फागुन ३ गते कांग्रेसले बर्दियामा पनि भव्य प्रदर्शन गर्दैछ । सो कार्यक्रममा सहभागी हुन कार्यकर्ताहरूलाई अनुरोध गरिएको युवा नेता निमिल्सिनाले बताएका छन् ।

नेकपाका नेता वामदेव गौतमले बर्दियालाई आफ्नो किल्ला मान्छन् । कांग्रेसका उम्मेदवारसँग पराजित भएका गौतम राष्ट्रिय सभामा मनोनीत सांसद बनेका छन् ।

नेकपाका नेता गौतमसहितका कम्युनिस्ट नेताको हातबाट कांग्रेसले बर्दियाका कम्युनिस्टका कार्यकर्तालाई खोस्ने क्रम शुरु गरेको छ ।

बर्दियामा कांग्रेस शक्तिशाली हुन थालेपछि कम्युनिस्टहरू डराएर थुरुरु भएको कार्यक्रममा कांग्रेस नेताहरूले बताएका छन् ।

Published : Saturday, 2021 February 13, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया