ठाकुरबाबा– ७ मा नेकपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

ठाकुरबाबा । नेपाली कांग्रेसका नेताहरूले कम्युनिस्टहरूले जनतालाई तीन वर्षभित्रै धोका दिएको आरोप लगाएका छन् ।

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका– ७ को वडा सम्मेलनलाई शुक्रबार सम्बोधन गर्ने नेताहरूले कांग्रेसले इमान्दारिताका साथ प्रतिपक्षको भूमिका खेल्दा पनि कम्युनिस्टहरूले सत्ता चलाउन नसकेको आरोप लगाए । नेताहरूले झण्डै दुईतिहाइ बहुमत पाउँदा पनि नेकपाले असक्षमता प्रदर्शन गरेको बताए ।

कांग्रेसका नेताहरूले कम्युनिस्टबाट जनताहरूले धेरै दुःख पाएको बताए । उनीहरूले अबको निर्वाचनमा कांग्रेसलाई जिताउन अनुरोध गरेका छन् ।

नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले नेकपा छाडेर स्थानीय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको जानकारी दिए ।

नवप्रवेशीहरूले कम्युनिस्टहरू झुठ्ठा कुरा गर्न अब्बल रहेको भन्दै कांग्रेसलाई साथ दिने बताएका छन् ।

Published : Friday, 2021 February 12, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया