सोलुमा ध्वस्त बन्यो वीपी कोइराला संस्कृति विद्यापीठ, विद्यार्थीको भविष्यनै बरबाद

केदार बस्नेत

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– २ मा रहेको वीपी कोइराला संस्कृत विद्यापीठ (क्याम्पस)मा क्याम्पस प्रमुख र शिक्षकहरू मनोमानी बढेर चरम उत्कर्षमा पुग्न लागेको छ ।

क्याम्पसका प्रमुख ६ महिनादेखि बेखबर छन् । अन्य शिक्षकहरूको घमण्डले विद्यार्थी समस्यामा परेका छन् ।

क्याम्पस प्रमुख र शिक्षकहरूको हर्कतका विषयमा सम्बन्धित निकाय मौन बसेको आरोप विद्यार्थीले लगाएका छन् ।

प्रमुख र शिक्षकहरूका कारण विद्यार्थीको संस्कृत भाषा सिक्ने थलो शून्य भएको छ ।

सोलुखुम्बु, खोटाङ र ओखलढुंगाको संगमस्थल तथा ब्राहमणहरूको घना बस्तीका बीचमा रहेको विद्यापीठमा प्रमुख र शिक्षकहरूले मनपरि ढंगले गतिविधि गरेको अभिभावकहरूको गुनासो छ ।

क्याम्पसको भौतिक संरचना, फर्निचर लगायत अन्य सामग्रीका लागि विनियोजन भएको रकम क्याम्पस प्रमुखले अनियमितता गरेको अभिभावकहरूको गुनासो छ ।

एक अभिभावकले भने, ‘हाम्रा छोराछोरीले वीपी संस्कृत विद्यापीठमा कर्मकाण्ड र शास्त्री अध्ययन गर्थे । अहिले आएर पठन–पाठन ठप्प छ ।’

पूर्व माओवादीको भागमा रहेको उक्त क्याम्पसको भाग्य र भविष्य अन्योलमा परेको वडाध्यक्ष भेषकुमार बास्तोलाले बताएका छन् ।

शिक्षकहरूको अभावले विद्यार्थीको भविष्य अन्धकारमय हुन आटेकाले तत्काल क्याम्पसमा संस्कृत कक्षा सञ्चालन गराउन मातहतका निकायलाई अभिभावकहरूले अनुरोध गरेका छन् ।

क्याम्पस प्रमुखको दरबन्दी संस्कृत विद्यापीठ क्याम्पस पिण्डेश्वरी धरानमा काजमा रहेका छन् ।

Published : Friday, 2021 February 12, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया