उपेन्द्र–बाबुरामको निरंकुशता तोड्ने पावरफुल नेता, नयाँ पार्टी ज्वइन्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य एवम् पार्टीका युवा ईञ्चार्ज इस्लाम हवारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् ।

हवारी प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान नेकपामा प्रवेश गरेका हुन् । उनलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष खड्गप्रसाद ओलीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टीमा काम गर्नका लागि निर्देशन दिएका छन् ।

वीरगञ्ज निवासी जसपाका नेता हवारीसँगै जसपाका विभिन्न तहका नेता कार्यकर्ताहरू पनि नेकपामा प्रवेश गर्नेछन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर र बाबुराम भट्टराईले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न नसकेको आरोप लागेका बेला केन्द्रीय सदस्यले नै पार्टी छाडेर नेकपामा प्रवेश गरेका छन् ।

सिरहा जिल्लामा अध्यक्ष यादवका निर्देशनमा राजकिशोर यादवलाई वरीयतामा तल झारेको भनेर विवाद समेत भएको थियो ।

जसपाका अरु केन्द्रीय नेताहरू पनि नेकपामा प्रवेशको तयारीमा छन् ।

Published : Friday, 2021 February 12, 2:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया