कांग्रेसद्वारा सोनाम र ग्याल्वो ल्होसारको शुभकामना प्रदान

काठमाडौं । नेपाली कांग्रेसले तामाङ जातिकोे ‘सोनाम ल्होसार’ तथा शेर्पा जातिको ‘ग्याल्वो ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार स्वदेश तथा विदेशमा रहेका तामाङ तथा शेर्पा समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूलाई शुभकामना ब्यक्त गरेका हुन् ।

‘सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट सस्कति र परम्परा रहेका छन्’, देउवाले भनेका छन् ।

उनले भने, ‘सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको छ ।’

‘यी पर्वहरूले नेपाली समाजमा सद्भावना बढाउदै आएको छ’, शुभकामना सन्देशमा भनिएको छ ।
‘यी पर्वहरूले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु’, सभापति देउवाले भने, ‘यी महत्वपूर्ण पर्वहरूका अवसरमा सबैमा पुनः शुभकामना व्यक्त गर्दछु ।’

Published : Friday, 2021 February 12, 8:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया