गिरिजाप्रसाद कोइराला फाउण्डेशनद्वारा अमेरिकामा पूर्व न्यायाधीशसँग परामर्श

न्युयोर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरको कार्यालयमा अमेरिकाका पूर्व न्यायाधीस थोमस रफायलसँग संस्थाका पदाधिकारीले छलफल गरेका छन् ।

न्युयोर्कस्थित कार्यालयमा फाउण्डेसनका पदाधिकारीलगायत विभिन्न महानुभावहरूले वर्तमान परिवेशमा अमेरिकाको वदलिएको सरकार, राजनैतिक प्रशासन, अध्यागमनको क्षेत्रमा ल्याउने परिवर्तन, प्रभावका विषयमा अन्तरक्रिया भएको छ ।

फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, कार्यसमितिका सदस्यहरू रामचन्द्र अधिकारी, रेखा श्रेष्ठ, प्रेम क्षेत्री अधिकारी, ध्रुव कुवँर क्षेत्री, राजेश आचार्यको उपस्थिति रहेको थियो ।

छलफलमा विशेष अतिथिहरू पत्रकार बिके नेवा, नेविसंघकी पूर्व केन्द्रीय सदस्य कविता श्रेष्ठ मल्ल, शन्त रिसाल, राधा सिंह, सीता शाही, रीता खडका लगायतको उपस्थिति रहेको थियो ।

करीव २ घण्टा लामो सो अन्तरक्रियामा नेपाली समुदायका अध्यागमन सम्वन्धी समस्याहरूका जवाफ न्यायाधीस रफायलले सरल ढंगले दिएका थिए ।

उनले समुदायसँग मिलेर फाउन्डेसनले कोरोना कहरमा गरेको कामको उच्च प्रशंसा गरेका छन् ।

आगामी दिनहरूमा वाइडेन प्रशासनले अध्यागमन नीति सहज बनाइ सबै अमेरिकावासी आप्रवासीहरूलाई कानूनी दायरामा ल्याउनेमा आफू आशावादी रहेको वताए ।

फाउण्डेशनका मनार्थ सदस्य शन्त रिसाललाई पूर्व न्यायाधीस थोमस रफायलले प्रसंसा पत्रबाट सम्मान गरेका छन् ।

उनले छिट्टै कानून संशोधन भइ आउने कुरा व्यक्त गरेका छन् । आप्रवासीको मुद्दा मूल विषय भएकाले यसलाई अमेरिकी सरकारले टुंगोलगाउने उनले बताए ।

फाउण्डेसनका अध्यक्ष घिमिरे, उपाध्यक्ष लामा, केन्द्रीय सदस्य रामचन्द्र अधिकारी, प्रेम क्षेत्री अधिकारी, राजेश आचार्य, ध्रुव कुँवर, रेखा श्रेष्ठलगायतले विभिन्न जिज्ञासा राखेका थिए ।

पूर्व न्यायाधीस राफायलले स्थानीय जनप्रतिनिधि र सरकारका अंगसँग मिलेर काम गर्न सुझाव दिए ।

सो कार्यमा आफूले न्युयोर्क राज्य र न्युयोर्क शहरका सबै निर्वाचित अधिकारीहरू संग सहकार्य गरी फाउण्डेशनलाई अझै अग्रपंक्तिमा पुर्‍याउन पूर्ण सहयोग गर्ने जनाएका छन् ।

आफ्नो कार्यव्यस्तताका वावजुद करीव २ घन्टा समय फाउन्डेशनलाई दिएका पूर्व न्यायाधीस राफायलसँग समोसा, चिकन बिरियानी र चिया सहितको दिउँसोको भोजन गरी कार्यक्रम सम्पन्न भएको थियो ।

संस्थाका उपाध्यक्ष सुवर्ण लामाले प्रशन्नता व्यक्त गर्दै उक्त भोजनको प्रायोजक टेस्ट अफ लाहोर रेस्टुरेन्टकी प्रोप्राईटर रेखा श्रेष्ठलाई धन्यवाद दिएका छन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले पूर्व न्यायाधीस राफायललाई धन्यवाद एंव आभार प्रकट गरेको छ ।

Published : Thursday, 2021 February 11, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया