डीएसपीसहित ६० जना प्रहरी अधिकृतहरूले पाए दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीको ६० जना नायव उपरीक्षक (डीएसपी)हरूलाई प्रहरी महानिरीक्षक (आईजीपी) शैलेस थापा क्षेत्रीले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रहरी हेडक्वाटर नक्सालमा बिहीबार आयोजित कार्यक्रममा आईजीपी थापाले डीएसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकार गृह सचिवस्तरको माघ २६ गतेको निर्णयानुसार प्रहरी नायव उपरीक्षक तथा माघ २८ गतेको निर्णयानुसार प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएकामध्ये ६० जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नोति भएका ४६ जनामध्ये ३८ जना र विभिन्न समूहको प्राविधिक प्रहरी नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नोति भएका २३ जनामध्ये २२ जना प्रहरी अधिकृतहरू रहेका छन् ।

पदोन्नति भएका ८ जना प्रहरी नायव उपरीक्षकहरू र १ जना प्राविधिक प्रहरी निरीक्षक हाल यूएन मिसनमा कार्यरत रहेका छन् ।

Published : Thursday, 2021 February 11, 7:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया