हिन्दुहरू सक्न माधव नेपाललाई क्रिश्चियनले २६ पटक घुमाएको खुलासा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले सडकमा बकबास गरिरहेको आरोप लगाएका छन् ।

बिहीबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै दाहाल–नेपाल समूहलाई धेरै बकबास नगर्न सचेत गराए । उनले दाहाल–नेपाल समूहलाई बकबासी समूहको संज्ञा दिएका छन् ।

उनले प्रधानमन्त्री ओलीलाई हटाएर प्रचण्ड प्रधानमन्त्री बन्न लागेको आरोप पनि लगाए । ‘प्रचण्ड र माधव नेपालले सडकमा बकबास गरिरहनुभएको छ’, उनले भने, ‘केपी ओलीलाई हटाएर प्रचण्ड कुनै पनि हालतमा प्रधानमन्त्री बन्न सक्नु हुन्न । सपना नदेखेपनि हुन्छ ।’

दाहाल–नेपाल समूहले बुधबार काठमाडौंमा गरेको विरोध सभामा उपत्यका बाहिरबाट साढे ६ सय बसमा मान्छे ल्याएको थापाले बताए ।

सल्लाहकार थापाले रामकुमारी झाँक्रीलाई मयार्दामा बस्न सचेत गराएका छन् । ‘बिगतमा रामकुमारी झाँक्रीले रत्नपार्कमा टाउकोमा चोठ खानुभएको थियो । त्यसको ब्याज अहिले खाइरहनुभएको छ’, उनले भने, ‘रामकुमारीले कालो बर्को ओडेर, मुखमा कालोपट्टि लगाएर केही अर्थ छैन । सबैले चिनेका छन् ।’

थापाले प्रधानमन्त्री ओलीविरुद्ध विरोध सभामा प्रयोग भाषाको आलोचना गरे । ‘माधव नेपाल नर्कमा जानु हुन्छ । माधव नेपाल क्रिश्चियन धर्म मान्ने संस्थाबाट २६ पटक विदेश भ्रमण गर्नुभएको छ’, थापाले भने, ‘माधव नेपालले मुनको संस्थालाई वैधता दिन ठूलो भूमिका खेल्नुभएको छ ।’ होलीवाइन काण्ड माधव नेपालले नै गराएको सल्लाहकार थापाले बताएका छन् ।

माधव नेपाललाई एकनाथ ढकालको संस्थाले पटक–पटक विदेश घुमाएको थियो । ढकालले माधवमार्फत मदर मुनलाई काठमाडौंमा ल्याएका थिए । माधव र ढकालबीच राम्रो सम्बन्ध छ ।

पशुपतिनाथको मन्दिरमा जलारी लगाउन पैसा अपुग भएकोमा पशुपतिनाथ क्षेत्र विकास कोषलाई प्रधानमन्त्री ओलीले रकम दिएको सल्लाहकार थापाले बताए । पशुपतिनाथ मन्दिरलाई लिएर दाहाल–नेपाल समूहले नानाथरी काण्ड मच्चाएको उनले बताए ।

Published : Thursday, 2021 February 11, 8:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया