मल ल्याउन नसक्नेहरूले कार्यकर्ताको मलमुत्र ब्यवस्थापन गरेः खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले मल ल्याउन नसक्ने प्रधानमन्त्री केपी ओली र तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले एक हप्ताभित्रै काठमाडौंमा कार्यकर्ता ओरालेको भन्दै ब्याङ्ग्य गरेका छन् ।

खतिवडाले बुधबार ट्वीट गर्दै मल ल्याउन नसकेपछि कार्यकर्ताको मलमुत्र व्यवस्थापन गरेकोमा बधाइ दिएका हुन् ।

‘समयमै मलको ब्यावस्थापन गर्न नसक्ने प्रधानमन्त्री केपी ओली र तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले काठमाडौंमा एक हप्तामानै लाखौं मानिस ल्याएर मलमुत्रको ब्यावस्था गर्न सफल हुनुभएकोमा दुबै गुट कम्युनिस्टलाई हार्दिक बधाई’, खतिवडाले भनेका छन् ।

उनले भनेका छन्, ‘यो मलले धेरै जन उत्पादन हुने विश्वास नलिन फुकपाका नेतालाई अनुरोध छ ।’

ओली र दाहाल–नेपाल समूहले काठमाडौंसहित देशभरि प्रदर्शन गर्दै आएका छन् । उनीहरूले जनताको काम गर्नेभन्दा पनि दुःख दिएको भनेर आलोचना हुँदै आएको छ ।

Published : Wednesday, 2021 February 10, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया