प्रधानमन्त्री ३ गतेदेखि कोठा सर्ने

काठमाडौं । अब प्रधानमन्त्रीलाई सिंहदरबारको एक ठाउँबाट असी करोडको लागतमा तयार भएको अर्को ठाउँमा सार्ने दिन नजिकै आएको छ ।

०७२ को भूकम्प र ०७५ मा दक्षिणी गेटमा आगलागी भएको सिंहदरबारको मूलभवनको जगैदेखि पुनःनिर्माण (रेट्रो फिटिङ) सम्पनन भएपछि फागुन ३ गते सोमबारको साइतमा त्यसको उद्घाटन र त्यसै दिनदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुरानै ठाउँमा कायम हुने भएको हो ।

०७२ को भूकम्पले सिंहदरबार मूलभवनमा ८० प्रतिशत क्षति भएको थियो । त्यसबेला सरकारले भवन भत्काएर नयाँ भवन निर्माण गर्ने योजना बनायो । तर, विश्व सम्पदा सूचीमा भएका कारण त्यसको पुरातात्विक महत्व लोप हुने गरी भवन भत्काउन दिइएन ।

अहिले पाँच वर्षपछि रेट्रोफिटिङ सम्पन्न भएको छ । ३ गते उद्घाटनलगत्तै त्यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सार्ने गरि अन्य तयारी शुरु भइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

त्यहाँ ०७२ को भूकम्पअघिका अन्य कार्यालय भने सारिने छैन । अहिले प्रधानमन्त्री कार्यालयमा विभिन्न मातहत कार्यालयहरू तानिएको र सचिवको दरबन्दी पनि थपिएको तथा ठूला हालसहित केही कार्यालयीय संरचनालाई विस्तार गरिएका कारण अन्य निकायलाई त्यहाँ राखिनेछैन । जनआस्था साप्ताहिकले समाचार लेखेको छ ।

Published : Wednesday, 2021 February 10, 12:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया