यस्तो अवस्थामा भेटिए महरा, आफ्नै कार्यकर्ताहरू छक्कै परे

काठमाडौं । पुष्पकमल दाहाल–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शनमा दाहाल–नेपाल समूहका नेताहरू सहभागी भएका छन् । दोस्रो वरीयताका नेताहरूले जुलुसको नेतृत्व गरेका छन् ।

ललितपुरको पुल्चोकबाट शुरु भएको विरोध जुलुसको नेतृत्व कृष्णबहादुर महराले गरेका छन् । महरासँगै पुम्फा भुसाल, देव गुरुङसहितका नेता पनि देखिएका छन् । महरालाई पहिला जस्तो अवस्थामा आफूहरूले नपाएको जुलुसमा सहभागीहरूले बताएका छन् ।

जुलुसको नेतृत्व गरेका महराले ढपक्कै मुख छोपिने गरेर सर्जिकल मास्क लगाएका छन् । उनले कालो चस्मा र टोपी पनि लगाएका छन् । मस्क, टोपी र चस्मा लगाएका महरालाई देख्नेले झ्याप्प चिन्न सक्दैनन् । कोरोनाबाट बच्न उनले मास्क लगाएका हुन् । महरालाई चिन्नै नसकिने अवस्थामा मास्क, चस्मा र टोपी लगाएको देखेपछि कार्यकर्ताहरूनै अचम्ममा परेका छन् ।

स्वास्थ्यकर्मी रोशनी शाहीसँग यौनदुरव्यवहार काण्डमा परेर काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका महरा त्यसपछि सार्वजनिक कार्यक्रमहरूमा धेरै देखिदैनन् । पछिल्लो समय नेकपा विभाजन भएपाछि दाहाल–नेपाल समूहतिर लागेर आन्दोलनमा देखिन थालेका छन् ।

रोशनी शाही प्रकरणमा महराले सभामुख पद गुमाउनु परेको थियो । महराले सोही प्रकरणमा कारागारमा पनि लामो समय बस्नु परेको थियो ।

चीनसँग निकट रहेको आरोप पनि महरालाई लाग्ने गरेको छ । चीनका एकजना व्यक्तिसँग फोनमा पैसा मागेको टेपरेकर्ड भाइरस बनेको थियो ।

रोल्पाबाट झरेर दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका महराले फेरि पनि दाङ क्षेत्र नं. २ बाटै उम्मेदवार बन्ने सोँच बनाएको चर्चा छ । केपी ओली नेतृत्वको नेकपाबाट शंकर पोखरेलले पनि प्रतिनिधि सभामा उम्मेदवार बन्ने योजना बनाएका छन् ।

नेपाली कांग्रेसका युवा नेता राजु खनालले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिने योजनामा छन् । अघिल्लो निर्वाचनमा कांग्रेसका नेता खनाल सांसदमा निर्वाचित भएका थिए ।

Published : Wednesday, 2021 February 10, 12:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया