प्रहरीका यी ६ डीएसपी र २३ एसपीहरूको सरुवा

काठमाडौं । नेपाली प्रहरीका २३ जना उपरीक्षकहरू (एसपी) र ६ जना नायब उपरीक्षकहरू (डीएसपी)सहित २९ जनाको सरुवा भएको छ ।

मंगलबार गृह मन्त्रालय सचिवस्तरीय निर्णयबाट नायब उपरीइाक र उपरीक्षकहरूको सरुवा गरिएको सूचनामा उल्लेख छ ।

एसपी भुवनेश्वर तिवारीलाई प्रदेश नं. १, ऋषिराम कँडेललाई लागुऔषध नियन्त्रण ब्युरो काठमाडौं, सुरेशप्रसाद काफ्लेलाई प्रदेश कार्यालय भैरहवा, अमरेन्द्रबहादुर सिंहलाई महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखा नक्साल, श्याम सिंह चौधरीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय इन्टेलिजेन्स शाखा, नकुल पोखरेललाई अपराध अनुसान्धान विभाग, पदमबहादुर विष्टलाई प्रदेश कार्यालय सुर्खेत, बासुदेव खतिवडालाई प्रदेश प्रहरी कार्यालय काभ्रे, विकासराज खनाललाई काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा सरुवा गरिएको छ ।

Published : Tuesday, 2021 February 9, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया