वैदेशिक रोजगार फोरमको सह–सभापतिमा न्यौपाने, सल्लाहकारमा ढकाल मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ‘वैदेशिक रोजगार फोरम’को सह–सभापतिमा युवा व्यवसायी प्रज्ञान न्यौपानेलाई मनोनयन गरेका छन् ।

अध्यक्ष गोल्छाले यसअघि नै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष एवम् महासंघका कार्यकारिणी समितिका सदस्य विष्णुप्रसाद गैरेलाई सभापतिमा मनोनीत गरिसकेका छन् ।

गोल्छाले फोरमको सल्लाहकारमा लोकतान्त्रिक वैदेशिक रोजगार फोरमका अध्यक्ष नरेन्द्र ढकाललाई मनोनीत गरेका छन् ।

फोरमको सह–सभापतिमा मनोनीत न्यौपाने र सल्लाहकारमा मनोनीत ढकाल वैदेशिक रोजगारको क्षेत्रमा नाम चलको व्यवसायी हुन् ।

उद्योग वाणिज्य महासंघबाट वैदेशिक रोजगार व्यवसायीहरूको हकहित र समस्या समाधनका लागि पहल गर्न फोरम गठन भएको न्यौपानेले बताएका छन् ।

मंगलबार फोरमको पहिलो बैठक पनि बसेको छ । बैठकमा विष्णु गैरे, महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ व्यवसायी एवम् सल्लाहकार किरणकिशोर घिमिरे, सह–सभापति प्रज्ञान न्यौपाने, सल्लाहकार सुजितकुमार श्रेष्ठ, नवराज केसी, नरेन्द्र ढकाललगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2021 February 9, 5:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया