एक हप्ताभित्र राप्रपाले जिल्लाहरू समायोजन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक हप्ताभित्र समायोजन हुन बाँकी रहेका जिल्लाहरूको समायोजन टुंग्याउने निर्णय गरेको छ ।

काठमाडौंमा मंगलबार बसेको राप्रपाका तीन जना अध्यक्ष कमल थापा, पशुपतिशम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनीको बैठकले समायोजन हुन बाँकी जिल्लाहरूको समायोजन गर्ने निर्णय गरेको हो ।

राप्रपाले फागुन १ र २ गते जिल्ला अध्यक्षहरूसंग भर्चुअल बैठक गर्ने निर्णय गरेको छ ।

फागुन ७ गते सम्पूर्ण जिल्लाहरूमा सभा गरि पार्टीको झण्डा र चुनाव चिन्ह अनावरण गर्ने निर्णय राप्रपाले गरेको छ । फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने निर्णय पनि राप्रपाले गरेको छ ।

राप्रपाका तीन वटा पार्टी एकीकरण भएपनि समायोजन हुन ढिला भएका छन् ।

Published : Tuesday, 2021 February 9, 11:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया