कायस्थले पाए बागमती तरुण विभाग सचिवको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागले बागमती प्रदेशको सचिवको जिम्मेवारी उमेश मेहेर कायस्थलाई दिएको छ ।

काठमाडौंको लाजिम्पाटस्थित विभागको कार्यालयमा सोमबार आयोजित विशेष कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् विभागका प्रमुख शंकर भण्डारीले कायस्थलाई बागमती प्रदेशको तरुण विभागको सचिवको जिम्मेवारी दिएका हुन् ।

कांग्रेसको खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले बागमती प्रदेशका तरुणहरूलाई क्रियाशील बनाएर कांग्रेसको संगठन निर्माणका लागि कायस्थलाई पूर्वमन्त्री समेत रहेका विभागका प्रमुख भण्डारीले निर्देशन दिएको जानकारी दिए ।

कायस्थ नेपाल विद्यार्थी संघ (नेविसंघ) ललितपुरका पूर्वअध्यक्ष समेत हुन् ।

कायस्थ ललितपुरमा लोकप्रिय युवा नेताको रुपमा परिचित छन् । विद्यार्थीकालदेखि नै उनी राजनीतिमा सक्रिय थिए ।

कांग्रेसको राजनीतिका साथै कायस्थ सामाजिक कार्यहरूमा सक्रिय छन् ।

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा युवा परिचालन कमिटीको सचिवको जिम्मेवारी पाएका कायस्थले निर्वाचनमा विशेष भूमिका खेलेका थिए ।

Published : Monday, 2021 February 8, 4:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया