म कम्युनिस्ट जस्तो झुठ बोल्न जान्दैन, जनताको सेवक हुँः कांग्रेस नेता महर्जन

गोदावरी । नेपाली कांग्रेसको खेलकुद विभागका प्रमुख एवम् युवा नेता मीनकृष्ण महर्जनले प्राकृतिक बहुउद्देश्यीय सहाकारी संस्था लिमिटेडको उट्घाटन गरेको छ ।

गोदावरी नगरपालिका– ११ को चापागाउँमा महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सहकारी संस्थाको संयुक्त उद्घाटन गरेका हुन् । उनीहरूले सहकारीको पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष समेत रहेका प्रमुख अतिथी महर्जनले चापागाउँको विकास र जनताको आर्थिक उन्नतीमा सहकारीले विशेष भूमिका खेल्ने बताए ।

चापागाउँमा धेरै जनसंख्या रहेको वडा हो । यो वडा धार्मिक तथा पुरातात्विक हिसाबमा पनि प्रख्यात रहेको छ ।

युवा नेता महर्जनले कम्युनिस्ट जनप्रतिनिधिहरूको असक्षमताले चापागाउँ ठूलो वडा हुँदा पनि विकासमा पछाडि परेको भन्दै सहकारीले रोजगारी र आत्मनिर्भर बन्न सहयोग गर्नुपर्ने बताए ।

‘तपाईहरूले विकास गर्ने विषयमा मेरो एकचोटि परीक्षा लिनुस्, एकचोटि जनप्रतिनिधि हुने अबसर दिनुस्’, उनले भने, ‘चापागाउँको मुहार नै फेरि दिनेछु ।’

‘यदि मैले चापागाउँको मुहार फेर्न नसकेमा दोस्रो चोटि तपाईहरूको दैलोमा आएर भोट माग्न आउनेछैन’, कांग्रेस नेता महर्जनले भनेका छन् ।

आफू जनप्रतिनिधि नभए पनि चापागाउँको बाटोघाटो मठ मन्दिर पोखारी र चापागाउँको बासिन्दाहरूलाई सुःख र दुःखमा साथ दिँदै आएको भन्दै उनले भने, ‘त्यो घाम जस्तै छर्लङ्ग नै छ ।’

महर्जनले आफू बदनाम भएर भएर पनि चापागाउँका युवाहरूको निमित्त आर्थिक रुपमा बलियो बनाउने काम गरेको बताएका छन् ।

महर्जन चापागाउँ आफ्नो जन्मथलो भएका कारण स्थानीयहरूलाई गरिबलाई धनी बनाउने उदेश्य रहेको बताए । उनले गलत बाटोमा लागेकाहरूलाई सहि बाटोमा ल्याउने दायित्व रहेको पनि बताए । उनले भने, बिरोजगारहरूलाई रोजगारी दिने सधै मेरो उदेश्य छ ।’

गोदावरी नगरपालिकाकी उप–मेयर मुना अधिकारी, वडाध्यक्ष नीलबहादुर देशार, राष्ट्रियस्तरका चर्चित गायक प्रताप दास, गायिका निशा देशार, शशि पुन देशार, साहित्यकार एवम् वरिष्ठ समाजसेवी जोगमोहन मेहेर कायस्थ, गोदावारी कांग्रेसका नगर समितिका सभापति सुरज श्रेष्ठ, तरुण दल ललितपुर क्षेत्र नम्बर १ सचिव अनिल श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन नेविसंघ ललितपुर जिल्लाका पूर्व अध्यक्ष उमेश मेहेर कायस्थले संचालन गरेका थिए ।

सहाकारी संस्थामा ३ सयभन्दा बढी शेयर सदस्य रहेका छन् । संस्थाका अध्यक्ष प्रगेश देशारले चापागाउँका जनताको आर्थिक समृद्धिका लागि आफूहरूले काम गर्ने बताएका छन् ।

Published : Monday, 2021 February 8, 11:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया