सरकारी नेकपाले प्रचण्डका ‘हनुमान’को पद खाइदियो

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पुष्पकलम दाहाल ‘प्रचण्ड’ निकटको राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’कालाई पदबाट हटाएको छ ।

ललितपुरमा आइतबार बसेको ओली समूहको युवा संघको केन्द्रीय कमिटी बैठकले सापकोटालाई हटाएको हो । बैठक महेश बस्नेतको प्रमुख आतिथ्यतामा बसेको छ ।

सापकोटा नेकपाका अध्यक्ष दाहालका खास मानिन्छन् । ओली समूहले सापकोटालाई प्रचण्डको ‘हनुमान’भन्दै संयोजक पदबाट हटाएको जनाएको छ ।

सापकोटालाई हटाएर अर्को नेतालाई जिम्मेवारी दिइने नेता प्रभातविक्रम कटुवालले बताए ।

कम्युनिस्ट आन्दोलन विपरीत समृद्ध नेपाल, सुखी नेपाली नाराविरुद्ध लगाएको भन्दै सापकोटालाई हटाएको कटुवालले बताएका छन् ।

संयोजक सापकोटालाई हटाएर युवा संघ सह–संयोजक रमेश पौडेललाई नेतृत्व दिने तयारी गरिएको छ ।

Published : Monday, 2021 February 8, 1:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया