सरकारी कम्युनिस्टको हर्कतले कांग्रेस जिल

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका सांसदले अवरोध गरेपछि प्रदेश १ को प्रदेश सभा बैठक स्थगित भएको छ ।

सत्तापक्षकै सांसदहरूले प्रदेश १ को बैठक रोकेपछि कांग्रेस जिल परेको छ । प्रदेश १ मा ओली समूहकै मुख्यमन्त्री शेरधन राई छन् । मुख्यमन्त्री राईकै सांसदहरूले संसद अवरोध गरेपछि कांग्रेस जिल खाएको हो ।

आइतबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । बैठक ४ बजेतिर शुरू भएको थियो ।

ओली ओली समूहका सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रचण्ड–माधव समूहका १६ सांसदलाई निकाल्न भनेर बैठक अवरुद्ध गरेका हुन् ।

सभामुख प्रदीपकुमार भण्डारीले बैठक सुरु गरेलगत्तै ओली पक्षका सांसद बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्रीविरुद्ध लागेका १६ सांसदलाई सभाबाट ननिकालेसम्म बैठक चल्न नसक्ने चेतावनी दिए ।

दलको नेता मुख्यमन्त्री राई भएको अवस्थामा आफ्नै दलका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेकाले सभाबाट निकालेर बैठक चलाउन आग्रह गरेका छन् ।

राजभण्डारी बोले लगत्तै प्रचण्ड–माधव समूहका सांसदले अविश्वास प्रस्ताव टेबुल हुनुपर्ने माग राखेका छन् ।

विवादका बीच ओली समूहका सांसदले सभा चल्न नदिएपछि आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।

प्रदेश १ मा नेकपाभित्रको विवादले सत्ता पक्षकै सांसदहरूले रमिता देखाएका छन् । पार्टीभित्रको विवाद संसदमा छिरेपछि कांग्रेसका सांसदहरू चकित परेका छन् ।

Published : Monday, 2021 February 8, 12:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया