कांग्रेस नेता सिटौलाको टिप्पणीले ‘सरकारी नेकपा’भित्र खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सडक कब्जा गरेर सभा गरेको भन्दै विरोध जनाएका छन् ।

नेता सिटौलाले सामाजिक सञ्जालमार्फत सरकारी नेकपाको हर्कतप्रति असन्तुष्टि जनाएका हुन् ।

संसद भङ्ग गरेर नेकपाका नेताहरू सडक प्रदर्शनमा उत्रिएपछि सिटौलाले विरोध जनाएका छन् ।

‘प्रतिनिधि सभा विघटन गर्ने अनि राजधानीमा प्रधानमन्त्री, मन्त्रीले सडक कव्जा गरी सभा गर्ने यो कस्तो सरकार हो ?’, कांग्रेस नेता सिटौलाले प्रश्न गरेका छन् ।

पार्टीभित्रको आन्तरिक विवाद बढेपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भङ्ग गरेकी थिइन् ।

ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच व्यक्तिगत स्वार्थ र पदको भागबण्डा नमिल्दा संसद भङ्ग हुन पुगेको थियो ।

प्रधानमन्त्री ओलीविरुद्ध दाहाल–नेपाल समूहले सडक आन्दोलन गर्दै आएको छ । दाहाल–नेपाल समूहलाई काउन्टर दिन ओली समूहले ठूला–ठूला सभा गर्दै आएको छ ।

ओली समूहले शुक्रबार काठमाडौंको दरबारमार्ग कब्जा गरेर वृहत जनसभा गरेको छ । जनतालाई दुःख दिएर जनसभा गरेपछि सरकारी नेकपाको कांग्रेस नेता सिटौलाले विरोध जनाएका हुन् ।

Published : Saturday, 2021 February 6, 5:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया