बर्दियामा वामदेवलाई फेरि धक्का, कांग्रेसका शीर्ष नेताहरूलाई गाली नगर्न अपील

ठाकुरबाबा । नेपाली कांग्रेसका नेताहरूले कम्युनिस्ट अधिनायकवाद ल्याउन सक्रिय भएर लागेको बताएका छन् । उनीहरूले कम्युनिस्टहरूको उदेश्यलाई कांग्रेसले अवरोध सिर्जना गर्ने बताएका छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका– ३ मा नेपाली कांग्रेसको वडा कार्यसमितिले शुक्रबार आयोजना गरेको क्रियाशील कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्ने क्रममा नेताहरूले कम्युनिस्टहरूको व्यक्तिवादी स्वार्थले देश समस्यामा परेको बताए । उनीहरूले कम्युनिस्टहरूकै कारण बेथिति बढेर गएको बताएका छन् ।

वडा नं. ३ का सभापति विष्णु थापाको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा.गोपाल दाहितले कांग्रेस कमजोर हुँदा राष्ट्रियता र लोकतन्त्र संकटमा परेको बताए ।

कम्युनिस्टहरूले कहिल्यै पनि देश र जनताको हित नचाहने डा.दहितले बताएका छन् ।

केन्द्रीय सदस्य डा.दहितले कम्युनिस्टहरू मुलुकबाट असफल भएर तनको बाटोमा गएको बताए ।

बर्दिया कांग्रेसका सभापति सञ्जयकुमार गौतमले कम्युनिस्टहरूको अहँकार र व्यक्तिवादी चरित्रका कारण जनताको जनप्रतिनिधि संस्था भङ्ग गरिएको बताए । कम्युनिस्टहरूले जनताको अधिकारलाई सधैँ खोस्ने कार्य गरेको उनले बताए ।

कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले पार्टीका शीर्ष नेताहरूलाई गाली गर्न नहुने बताए । ‘शीर्ष नेताहरूलाई मिलेर जानका लागि हामीले दवाव दिनुपर्छ’, उनले भने, ‘ठूला नेताहरूलाई गाली मात्रै गरेर हुँदैन । कुनै समस्या छ भने घरभित्र समाधान गर्नुपर्छ ।’

कम्युनिस्टहरूले दुईतिहाइ बहुमत पाउँदा पनि सरकार चलाउन नसकेर संसद विघटन गरेको बताएका तिमिल्सिनाले लोकतन्त्रको रक्षा कांग्रेसले गर्ने बताए । उनले कांग्रेस कमजोर भएकै कारण राष्ट्रियता कमजोर भएको बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न दल परित्याग गरेर ३९ जना कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई केन्द्रीय सदस्य डा.दहितसहितका नेताहरूले पार्टीमा स्वाग गरेको युवा नेता तिमिल्सिनाले जानकारी दिएका छन् ।

नेकपाका नेता वामदेव गौतमको गृहजिल्ला बर्दियामा नेकपाका स्थानीय नेता कार्यकर्ताहरूले धमाधम पार्टी छाडेर कांग्रेसमा प्रवेश गरिरहेका छन् । वामदेवलाई बर्दियामा क्रमशः धक्का लाग्दै आएको छ ।

Published : Friday, 2021 February 5, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया