ललितपुर उद्योग वाणिज्य संघ क्षेत्र नं. २ ले लियो शपथ, अध्यक्षमा सिंह सर्वसम्मत

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघ क्षेत्र नम्बर २ शाखाको नयाँ नेतृत्वले पद तथा गोपनीयताको शपथ लिएको छ ।

बुधबार ललितपुरको लुभुमा आयोजित कार्यक्रममा नयाँ नेतृत्वले शपथ लिएको हो । नवीन्द्रदेव सिंहको नेतृत्वमा संघको कार्यसमिति सर्वसम्मत भएको थियो । नयाँ कार्यसमितिका पदाधिकारीलाई निवर्तमान अध्यक्ष केशव श्रेष्ठले शपथ गराएका हुन् ।

अध्यक्षमा सिंह, उपाध्यक्षमा रामशरण सुवाल, सचिव सुनिल महर्जन, कोषाध्यक्षमा शन्तराम महर्जन, सदस्यहरूमा दीपक श्रेष्ठ, सूर्यमान महर्जन, देव केड्डसी, सरु श्रेष्ठ, पूर्णलक्ष्मी श्रेष्ठ, सञ्जय महर्जन, सुनिल उदास र आशामान महर्जन सर्वसम्मत भएका छन् ।

नवनिर्वाचित अध्यक्ष सिंहले ललितपुर क्षेत्र नं. २ का व्यवसायीहरूको हकहितमा काम गर्ने बताएका छन् । ‘म एक्लैले केही गर्न सक्दैन मलाई ललितपुर क्षेत्र नं. २ का व्यवसायीहरूको साथ छ’, उनले भने, ‘मसहितको हाम्रो कार्यसमितिले सबैको सुझाव, सरसल्लाह र परामर्शमा काम गर्नेछ ।’

अध्यक्ष सिंहले व्यवसायीहरूले दिएको विश्वासलाई अपमान हुने गरेर आफूले काम नगर्ने प्रतिवद्धता जनाएका छन् ।

Published : Wednesday, 2021 February 3, 11:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया