कम्युनिस्टहरू बन्दमा उत्रिएर औकातमा आएपछि कांग्रेसका खतिवडाले नाङ्गे झार बनाए

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पुष्पकमल दाहाल –प्रचण्ड’–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेपाल बन्दको विरोध गरेका छन् ।

कांग्रेस नेता खतिवडाले बुधबार साँझ ट्वीट गर्दै जनतालाई दुःख दिने कार्य कसैबाट हुन नहुने बताएका छन् । उनले बन्दको राजनीतिलाई सधैँका लागि अन्त्य गर्न कम्युनिस्टलाई अनुरोध गरेका छन् ।

‘अरु कुरा गरौं, बन्दको राजनीति सदा बन्द गरौं । सबैका लागि सधैंका लागि । सबै राजनीति पार्टीले !’, खतिवडाले भनेका छन्, ‘हिजो संविधान जारी गर्दा बोलेको एउटा कुरा त पूरा गरौं । सबै राजनीतिक पार्टीमा लागू गरौं ।’

‘प्रचण्ड–माधव पक्षले शुक्रबारको हड्तालको उदेश्य स्पष्ट छ । माघ २३ गते केपी ओलीको सभामा कमभन्दा कम उपस्थित देखियोस्’, उनले भनेका छन्, ‘असंवैधानिक बाटोबाट भएका नियुक्ति खारेज होस् ।’

‘दोस्रोभन्दा पहिलो कुरा मुख्य जस्तो देखिन्छ । नेकपाका दुई समूह दाहाल–नेपाल र ओलीको जुहारी दिनहुुँ सुन्न र हेर्नु पाइन्छ ।’

कांग्रेस नेता खतिवडाले भनेका छन्, ‘लाजमर्दो कुरा गाउँका अनपढ महिला आमा दिदीबहिनीको जगेल्टा उखेलेर सडकमा नाङ्गै नाचे जस्तो । नेताहरू अब लाज छोप्ने काम गर ।’

जनताबाट झण्डै दुईतिहाइ बहुमत पाउँदा पनि सरकार चलाउन नसकेर तीन वर्षमा संसद भङ्ग गरेर सडकमा पुगेका नेकपाका नेताहरूप्रति कांग्रेस नेता खतिवडाले कठोर आलोचना गरेका छन् ।

पार्टीनै विभाजन गरेर कम्युनिस्टका नेताहरूले नेपाल बन्द जस्ता जनतालाई समस्या पर्ने हर्कत गरेपछि कांग्रेस नेता खतिवडाले बन्द फिर्ता गर्न माग गरेका हुन् ।

Published : Wednesday, 2021 February 3, 11:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया