मुस्लिम समुदायद्वारा ओलीको कदमको स्वागत

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मोटरसाइकल र्‍यालीमा मुस्लिम समुदायका ५ सयभन्दा धेरै नेता कार्यकर्ता सहभागी भएका छन् ।

नेकपाका केन्द्रीय सदस्य राज मोहम्मद अन्सारीको नेतृत्वमा मुस्लिम समुदायका ५ सयभन्दा धेरै नेता कार्यकर्ता ¥यालीमा सहभागी भएका थिए । केन्द्रीय सदस्य अन्सारीले प्रधानमन्त्री ओलीविरुद्ध आफ्नै पार्टीभित्रका केही नेताहरूबाट षड्यन्त्र भएको बताएका छन् ।

उनले संसद भङ्ग गरेर जनताको अभिमतमा जाने प्रधानमन्त्री ओलीको समर्थनमा आफूहरू सडकमा आएको बताएका छन् । मुस्लिम समुदायले निर्वाचनको स्वागत गरेको बताएका छन् ।

Published : Wednesday, 2021 February 3, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया