सूर्यविनायकमा ‘भक्तपुर ईन्टरनेश्नल पोलिक्निक’को सेवा शुरु

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित रामदेवी कम्प्लेक्समा ‘भक्तपुर ईन्टरनेश्नल पोलिक्निक प्रा.लि.’ले आफ्नो सेवा शुरु गरेको छ ।

पोलिक्निकका अध्यक्ष अशोककुमार श्रेष्ठले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सेवासहित सर्वसुलभ रुपमा स्वास्वास्थ्यसम्बन्धी सेवा शुरु गरिएको जानकारी दिएका छन् । भक्तपुर ईन्टरनेश्नल पोलिक्निकले शनिबारदेखि आफ्नो सेवा शुरु गरेको छ ।

‘मानिसको स्वास्थ्य सेवालाई विशेष महत्वका साथ भक्तपुर ईन्टरनेश्नल पोलिक्निक प्रालिमार्फत सेवा शुरु गरेका छौं’, उनले भने, ‘पोलिक्लिनिकभित्र सबै सेवा दिने प्रयास गरेका छौँ । अरु सेवाहरू पनि थप गर्दै जाने छौँ ।’

भक्तपुर पोलिक्निकमा डा.रामकृष्ण श्रेष्ठ (वरिष्ठ कन्सल्टेन्ट अर्थपेडिक सर्जन)सहित दुई दर्जनभन्दा धेरै चिकित्सकहरूले सेवा दिने अध्यक्ष श्रेष्ठले बताए ।

भक्तपुर पोलिक्निकले भक्तपुरको कौशलटारमा पनि अर्को शाखा खोल्ने तयारी गरेको छ । अध्यक्ष श्रेष्ठले एक महिनापछि कौशलटारमा नयाँ शाखा खोल्ने तयारी गरिएको बताए ।

Published : Tuesday, 2021 February 2, 10:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया