कांग्रेसले ओलीलाई ललितपुरमा पनि छाडेन, चापागाउँमा राँके जुलुस प्रदर्शन

चापागाउँ । नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले ललितपुरको चापागाउँमा कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

गोदावर नगरपालिकाको चापागाउँमा सोमबार साँझ नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भ्रात संस्थाका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध राँके जुलुस प्रदर्शन गरेको नेपाली कांग्रेस खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।

राँके जुलुस प्रदर्शनका क्रममा तरुण र नेविसंघका नेता कार्यकर्ताले ओलीविरुद्ध नारावाजी गरेका थिए । उनीहरूले कम्युनिस्ट सरकारविरुद्ध पनि नारा लगाका थिए ।

प्रहरीले राँको खोस्न खोजेको थियो । तर, प्रहरीलाई छक्याएर तरुण, विद्यार्थीले राँके जुलुस प्रदर्शन गरेको महर्जनले बताए ।

यसअघि, ललितपुरको मंगलबजारमा कांग्रेसका भ्रातृ संस्थाहरूले सोमबार दिउँसो ओलीविरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनलाई नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङसहितका नेताहरूले सम्बोधन गरेको महर्जनले बताए ।

Published : Tuesday, 2021 February 2, 12:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया