बनेपामा कांग्रेसको शक्तिशाली प्रदर्शन, भण्डारीद्वारा निर्वाचनको तयारी गर्न निर्देशन

बनेपा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले प्रधानमन्त्री केपी ओलीले संसद भङ्ग गरेर असंवैधानिक कदम चालेको आरोप लगाएका छन् ।

काभ्रेको बनेपामा सोमबार कांग्रेसका भ्रातृ संस्थाहरूले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै तरुण विभागका प्रमुख समेत रहेका भण्डारीले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेस विरोधमा उत्रिएको बताए ।

ओलीको असंवैधानिक कदमको कांग्रेसले सशक्त ढंगले विरोध गर्न सडकमा उत्रिएको उनले बताएका छन् ।

संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा रहेको भन्दै नेता भण्डारीले कांग्रेसले अदालतको निर्णय कुरेर बसेको बताए । उनले अदालतको फैसलानुसार कांग्रेस अगाडि बढ्ने बताए ।

पूर्वमन्त्री भण्डारीले कांग्रेस चुनावमा जान तयार रहेको बताए । उनले चुनावका लागि तयारी अवस्थामा बस्न कांग्रेसका नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

बनेपामा भएको भ्रातृ संस्थाहरूको संयुक्त प्रदर्शनमा कांग्रेसका नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

नेपाल तरुण दल काभ्रेले नेता भण्डारीलाई काठमाडौंको कोटेश्वरबाट सयौँको संख्यामा मोटरसाइकल र विभिन्न सवारी साधनले स्कर्टिङ गरेर बनेपामा ल्याएका थिए ।

कार्यक्रममा काभ्रे कांग्रेसका सभापति मधु आचार्य, केन्द्रीय सदस्य शिव हुमागाइँलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2021 February 2, 12:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया